बैशाख ९, २०८३
काठमाडौं, वैशाख ८ — मोतीदेवी स्मृति केन्द्र, अनेमसंघ तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को संयुक्त आयोजनामा नेपाल कम्युनिस्ट पार्टी को ७७औं स्थापना दिवसको अवसरमा एक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ।
“नेपालको बाम आन्दोलनमा महिलाको उपलब्धि : चुनौती र अवसर” विषयमा आयोजित उक्त कार्यक्रम वैशाख ८ गते सम्पन्न भएको हो। कार्यक्रममा बाम आन्दोलनमा महिलाको ऐतिहासिक भूमिका, हालसम्मका उपलब्धिहरू, विद्यमान चुनौतीहरू तथा आगामी अवसरहरूबारे व्यापक छलफल गरिएको थियो।
वक्ताहरूले महिलाको राजनीतिक सहभागिता, नेतृत्व विकास तथा समान अधिकार सुनिश्चित गर्न अझै पनि थप पहल आवश्यक रहेको औंल्याएका थिए। साथै, बाम आन्दोलनमा महिलाको सक्रिय भूमिका अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रम सहभागीहरूको सक्रिय सहभागिता र सार्थक संवादसहित सफलतापूर्वक सम्पन्न भयो।