मोतीदेवी स्मृति केन्द्र
ईमेल

[email protected]

फोन

९८४१२९५९३३ (शंकर महर्जन)

सम्पर्क ठेगाना

काठमाडौँ, नेपाल

सम्पर्क

मोतीदेवी श्रेष्ठ (१९७० - २०५४)

मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीको पाचजना संस्थापकमध्ये एक हुनुहुन्छ । पुष्पलाल श्रेष्ठहरुसंगै भारतको कलकत्तामा निर्बासित हुनु भएकेा मेातीदेवी निरकुश राणा शासन बिरुद्दको आन्दोलनको क्रममा राजनीतिमा लाग्नु भयेा । त्यही क्रममा विक्रम सम्वत २००६ वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने पाचजना सदस्य मध्ये एक हुनुहुन्छ । मुलुकको आमूल परिवर्तन र प्रजातन्त्रका लागि एउटा अनुशासित, सशक्त र क्रान्तिकारी पार्टीको जरुरत पर्दछ भन्ने वस्तुवादी सोचका साथ अगाडि बढ्दै जाँदा उहाँ कम्युनिष्ट पार्टीको संस्थापक बन्न पुग्नुभयो । राजनीतिकेा शुरूवातीदेखि निरन्तर कम्युनिष्ट सिद्धान्तको प्रचार-प्रसारमा लाग्ने क्रममा कष्टकर जीवन बिताउन बाध्य हुनुभयेा । राणा शासन बिरुद्दको आन्दोलनमा सक्रियता पुर्बक सहभागि मेातीदेवी औधोगिक मजदुरको पृष्टभुमीवाट आउनु भएकेा थियेा । उहाको जीवनको अन्तिम ईच्छा नेपाली महिलाहरूको सामाजिक र लैङ्गीक स्वन्त्रत्रता थियो।

मोतीदेवीको जन्म वि.सं. १९६९ ललितपुरको कुम्भेश्वरमा भएको थियो। ललितपुरको तफाल्लो, मानभवनमा ३० वर्षदेखि ऐलानी जग्गामा बस्दै आउनु भएकेा मोतीदेवीले ६ आना जग्गामा एउटा झुपडी आफैँ बनाएर बस्नुभयो। त्यही अवस्थामा वि.सं. २०५४ साल जेठ ७ गते उहाकेा निधन भयो । त्यतिखेरसम्म पनि उक्त ऐलानी जग्गा उहाको नाममा दर्ता गराउने काम हुन सकेन । मुलुकमा पंचायती व्यवस्थाकेा समयमा गुमनाम हुन पुग्नुभएकेा मोतीदेवीसंग २०४६ सालमा मुलुकमा पुन वहुदलीय व्यवस्था स्थापना भएपछि २०४७ सालमा नेकपा (एमाले) आवद्ध सङ्गठन अखिल नेपाल महिला सङ्घकेा पहलमा उहासंग सम्पर्क स्थापना भएकेा थियेा । शुरुका दिनमा उक्त संगठनप्रति सन्तुष्ट अुन नसके पनि निरन्तर सम्पर्क र सम्बन्धपछि उहा कम्युनिष्ट आन्देालन र संघप्रति निरन्तर सहभागि हुन थाल्नुभयेा । जीवनकेा अन्तिम वर्षहरूमा उहा नेपाली क्रान्ति र श्रमजीवी वर्गकेा मुक्तिप्रति चिन्तन गर्न / चिन्ता व्यक्त गर्नुहुन्थ्येा ।

मोतीदेवी श्रेष्ठ (१९७० - २०५४) - वृतचित्र


मोतीदेवी स्मृति केन्द्र

तत्कालीन निरङ्कुश राणा शासनविरुद्ध प्रजातन्त्र र आमूल परिवर्तनका निम्ति जनतालाई सचेत, जागरुक र सङ्गठित गर्ने महान अभियानमा लाग्ने क्रममा २००६ वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीकेा पाचजना संस्थापक सदस्यमध्येकेा एक मात्र महिला सदस्यकेा नाम हो-मोतीदेवी श्रेष्ठ । जस्तै दुखमा पनि घेाषित लक्ष्य र उद्देश्यप्रति दृढ रुपमा उभिदै आउनु भएकेा मेातीदेवी श्रेष्ठकेा २०५४ जेठ ७ गते […]

गतिविधिहरु

जीवनका प्रेरणादायी पात्रहरू- अनुभव आदान प्रदान कार्यक्रम आयोजनामा

जीवनका प्रेरणादायी पात्रहरू- अनुभव आदान प्रदान कार्यक्रम आयोजनामा

२०८१ बैशाख २८, काठमाडौँ l मोतीदेवी स्मृति केन्द्रको आयोजनामा अग्रज महिला नेत्री तथा केन्द्रकी अध्यक्ष...

११४औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धम्मावती गुरूमांलाई सम्मान

११४औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धम्मावती गुरूमांलाई सम्मान

११४औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसर मा मोतीदेवी स्मृति केन्द्र द्वारा धम्मावती गुरूमांलाई सम्मान...

युवा वैज्ञानिक रोजितालाई सम्मान तथा शुभकामना

युवा वैज्ञानिक रोजितालाई सम्मान तथा शुभकामना

युवा वैज्ञानिक रोजितालाई सम्मान तथा शुभकामना फागुन १३