तत्कालीन निरङ्कुश राणाशासन बिरुद्ध प्रजातन्त्र र आमुल परिबर्तनका निम्ति जनतालाई सचेत जागरुक र संगठित गर्ने महान अभियानमा लागेकी एकजना महिला योद्धाको नाम हो मोतीदेवी श्रेष्ठ ।
आफ्नो घरपरिवार र आफ़न्तजनहरुबाट समेत यथोचित सहयोग पाउनबाट बन्चित रहन बाध्य भएकी मोतीदेवीले राष्ट्र र जनताका लागि अघि बढ्दा ठुलो संघर्ष गर्नु परेको थियो l तर आफ्नो निजि जीवन र व्यक्तिगत स्वार्थलाई त्यागेर ठुलो आँट, शाहस र आत्मविश्वासको साथ निर्भिक्तापुर्बक नेपाली महिलाहरुलाई शसक्त ढंगले अगाडी बढाउनमा उहाको महत्वपुर्ण योगदान रहेको छ ।
मुलुकको आमुल परिबर्तन र प्रजातन्त्रका लागि एउटा अनुशासित शसक्त र क्रान्तिकारी पार्टीको जरुरत पर्दछ भन्ने बस्तुबादी सोचका साथ अगाडी बढ्दै जादा उहा कम्युनिस्ट पार्टीको संस्थापक समेत बन्न पुग्नुभयो l सामाजिक अन्धबिस्वास र पछौटेपनको अन्त्य र आर्थिक सामाजिक रुपान्तरणका लागि नेपाली महिला आन्दोलनमा उहाको बिशेष भूमिका रहेको पाइन्छ l महिला मुक्ति र सामाजिक मुक्ति आन्दोलनका लागि चेतना फैलाउने क्रममा उहाले स्वदेशमा मात्र सिमित नरही बिदेशमा समेत काम गर्नु भएको थियो।
दुर्गादेवी नामले समेत चिनिने मोतीदेवी नेपाली महिलाहरुका लागि मात्र नभएर सिङ्गै राष्ट्रिय मुक्ति आन्दोलनका पक्षधरहरुका लागि समेत एउटा साहशी प्रेरणादायी एबं उदहरणीय व्यक्तित्व हुनुहुन्छ l उहाँको विचार जीवनदर्शन र जीवनीका बारेमा महिलाहरुलाई सचेत पार्दै नेपाली महिला आन्दोलनलाई अझ व्यापक र संघठित बनाउनु नेपाली महिला हरुको प्रथम र परमकर्तब्य हो l सोहि लक्ष्य र उदेश्यका साथ मोतीदेवी स्मृति केन्द्रको स्थापना गरिएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास एबं कम्युनिस्ट पार्टीको स्थापना संगै जोडिएर आउने नाम मोतीदेवी श्रेष्ठ पनि हो l देशमा परिबर्तनका खातिर जागरण अभियान केहि पनि नभएको निरंकुश राणा शासनकालमा दुर्गादेवीको नामले बढी परिचित मोतीदेवीले स्वदेशमा मात्र नभई बिदेशमा समेत पुगेर रास्ट्रीय जागरण फैलाउने कार्यमा ठुलो योगदान गर्नु भएको थियो l उहाको साहस निर्भिकता र आँटका बारेमा वर्तमान पिढीका नेपाली महिलाहरुले सिकेर केहि न केहि गर्नु उनीहरुको कर्तब्य हो ।
समाजमा रहेको पछौटेपन र आत्मविश्वासको कमीलाई हटाउने क्रममा नेपाली महिलाहरुलाई सशक्त ढंगले अगाडी बढाउन तथा राष्ट्रिय जीवनका हरेक क्षेत्र र पक्षहरुमा अघि बढ्न उनीहरुलाई सक्षम बनाउने उदेश्यले ०५४ सालमा मोतीदेवी स्मृति केन्द्रको स्थापना गरिएको थियो ।