मोतीदेवी स्मृति केन्द्र
ईमेल

[email protected]

फोन

९८४१२९५९३३ (शंकर महर्जन)

सम्पर्क ठेगाना

काठमाडौँ, नेपाल

सम्पर्क

मोतीदेवी स्मृति केन्द्र

मोतीदेवी स्मृति केन्द्र

तत्कालीन निरङ्कुश राणा शासनविरुद्ध प्रजातन्त्र र आमूल परिवर्तनका निम्ति जनतालाई सचेत, जागरुक र सङ्गठित गर्ने महान अभियानमा लाग्ने क्रममा २००६ वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीकेा पाचजना संस्थापक सदस्यमध्येकेा एक मात्र महिला सदस्यकेा नाम हो-मोतीदेवी श्रेष्ठ । जस्तै दुखमा पनि घेाषित लक्ष्य र उद्देश्यप्रति दृढ रुपमा उभिदै आउनु भएकेा मेातीदेवी श्रेष्ठकेा २०५४ जेठ ७ गते निधन भयेा । तत्पश्चात नेपाली राजनीतिमा रहेकेा उहाकेा संलग्नता र येागदानलाई चिरस्थायी बनाउनुका साथै नेपालकेा राजनीतिक आन्देालनकेा शुरुवातदेखि नै महिलाहरु यसकेा अंगका रुपमा संलग्नता र सक्रियताकासाथ येागदान गर्दै आए । उनिहरु उपलव्धिका उपभेाक्ता मात्र हैनन, संघर्षकेा मैदानका सहयेाद्धा हुन भन्ने कुरालाई नया पुस्ता समक्ष स्मरण गराउदै र राजनीतिक आन्देालनमा महिला सहभागिता। नेतृत्व विकास र निरन्तरताकेा विषयमा थप येागदान गर्दै जाने उद्देश्यले २०५४ जेठ २७ गते मोतीदेवी स्मृति केन्द्रको स्थापना गरियो ।

स्थापनाकालदेखि नै मेातिदेवी केन्द्रकेा निम्न उद्देश्यहरू तय गरिएका थिए , जुन आजका दिनमा झनै सान्दर्भिक बन्दै गएका छन् ।

उद्देश्यहरु

१.⁠ ⁠मोतीदेवीले स्थापना गरेका मूल्य र मान्यताहरूको अनुशरण गर्ने ।
२.⁠ ⁠उहाँको सम्मान तथा सम्झनालाई चिरस्थायी बनाउने ।
३.⁠ ⁠देशमा स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय स्वाधिनताका लागि निरंकुशता विरुद्ध लड्दा उहाँले गर्नु भएका योगदानहरू जनसमुदायसमक्ष पुऱ्याउने ।
४.⁠ ⁠पिछडिएका विपन्न व्यक्ति तथा सहिदका परिवारको शिक्षादीक्षा र रोजगारीमा सहयोग पुऱ्याउने ।
५.⁠ ⁠मोतीदेवी र उहाँका समकालीनहरुका कृति प्रकाशित गर्ने र वृत्तचित्र बनाउने ।
६.⁠ ⁠पिछडिएका र विपन्न परिवार एवम् सहिदका परिवारको सहयोगार्थ अक्षयकोषको स्थापना गरी पुरस्कारको व्यवस्था गर्ने ।
७.⁠ ⁠समान उद्देश्य भएका अन्य राष्ट्रिय तथा अर्न्तराष्ट्रिय संघ-सस्थाहरुसँग सम्पर्क कायम गर्ने, समझदारी बढाउने, सहयोग जुटाउने तथा अनुभव र विचारको आदान-प्रदान गर्ने ।
८.⁠ ⁠संस्थाको उत्थानका लागि चल अचल सम्पत्ति आर्जन गर्ने, भोगचलन गर्ने र हस्तान्तरण गर्ने ।
९.⁠ ⁠पिछडिएका वर्ग एवम् जातीको उन्नतिका लागि कार्यक्रम, अन्य आयमूलक कार्यक्रम, वृद्धाश्रम र शिशुस्याहार केन्द्र खोल्नेजस्ता कार्यक्रमहरु सञ्चालन गर्ने ।
१०.⁠ ⁠महिला सशक्तिकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने ।
११.⁠ ⁠कुरीति र कुसंस्कारका विरुद्ध जन-चेतना र महिला हक हितका निम्ति अभियान सञ्चालन गर्ने ।

मोतीदेवी स्मृति केन्द्र