जेष्ठ ९, २०८१
२०८१ बैशाख २८, काठमाडौँ l
मोतीदेवी स्मृति केन्द्रको आयोजनामा अग्रज महिला नेत्री तथा केन्द्रकी अध्यक्ष क. अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा “जीवनका प्रेरणादायी पात्रहरू, अनुभव आदान प्रदान” कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ । आफ्नो मेहनत लगनशीलता र संघर्षले समाजका विविध क्षेत्रमा स्थापित, समाजको रुपान्तरण र बिकाशमा योगदान पुराउदै आएका प्रेरणादायी व्यक्तित्वहरु कार्यक्रममा आमन्त्रित थिए भने यस्ता व्यक्तित्वहरुको अनुभबबाट नया पुस्ताहरुलाई पनि प्रेरणा मिलोस भन्ने उद्धेश्यले केन्द्रले विभिन्न क्षेत्रका अगुवा युवाहरुलाई पनि सहभागी गराइएको थियो।
दुईवटा प्यानल बनाएको कार्यक्रममा बक्ताहरुको विचार प्रस्तुत गरिसकेपछि सहभागीहरुबाट समेत जिज्ञासा राखिएका थिए l
पहिलो प्यानल :
१. माननीय सारदा महत- कमैया मुक्तिको सुरुवात गर्ने पहिलो व्यक्ति
२ श्री सावित्री थापा ज्यू – समाजसेवी
३ श्री लाक्पा घरी शेर्पा ज्यू- पर्वतारेही
४ श्री शान्ती चाल, ज्यू सफल उधमी
दोस्रो प्यानल
१ श्री अन्नपूर्ण कुँवर ज्यु – प्यारासुटबाट हामफाल्ने पहिलो महिला
२ श्री लक्ष्मी मुसाला ज्यू – विशेष प्रतिवान र कलाकी धनी
३ श्री अन्जना ताम्राकार ज्यू- उधमशीलताको क्षेत्रमा सफल
४ श्री मिथिला याक्खा ज्जू – मिथिला आर्टमा उत्कृस्ट हासिल गर्नुभएकी
कार्यक्रममा मोतिदेबी केन्द्रको तर्फ बाट क बिन्दा पाण्डे ले कार्यक्रमको महत्वको प्रकाश सहित धन्यवाद मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचलन केन्द्रका सचिब ममता गिरीले गर्नुभएको थियो l